२०८३ अशोज ६, मङ्लबार

संविधान दिवसको अवसरमा पहिलो पाइला स्याङ्जाको दीप प्रज्वलन

असोज ४/राम बहादुर रोकाहा: संविधान दिवसको अवसरमा असोज ३ गते साँझ पहिलो पाइला नेपाल स्याङ्जाले दीप प्रज्वलन गरि मनाएको छ ।


सामाजिक संस्था पहिलो पाइला नेपाल स्याङ्जा शाखाले पुतलीबजार नगरपालिका -१ सदरमुकाम स्थित शहीदचोकमा ८ औं संविधान दिवस पारेर नेपालको नक्सा बनाई दीप प्रज्वोलन गरी मनाएको हो ।


उक्त कार्यक्रम सुरुवात भने नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले दीप बालेपश्चात गरिएको पहिलो पाइला नेपाल स्याङ्जा शाखाका उपाध्यक्ष पवन मरासिनीले जानकारी दिनुभयो ।


उहाँले नियमित कार्यक्रम अनुसार संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको बताउनुभयो । पछिल्लो समयमा संस्थाले विभिन्न रचनात्मक कार्य गर्दै आएको समेत उपाध्यक्ष मरासिनीले जानकारी दिनुभयो ।

विद्याभूषण पदक अर्थात राष्ट्रिय शिक्षा पुरस्कारद्वारा मीनप्रसाद कोइराला सम्मानित

असोज ३/स्याङ्जा: कालिका माध्यामिक विद्यालय झापाकोटका अध्यक्ष मीनप्रसाद कोइरालालाई विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका छन्।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको वेवसाइटमा जनाइए अनुसार स्याङ्जा जिल्लाको काजीमान हरिटीका माविका विव्यस अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठसँगै कोइरालाले उक्त पुरस्कार प्राप्त गरेका हुन्। कोइराला यसअघि पनि कालिका माविमा विसं. २०६६ देखि २०७० सम्म अध्यक्ष भैसकेका हुन्।

उनले आफ्नो अघिल्लो कार्यकालमा कार्यालय तथा कक्षा एघार र बाह्रका विद्यार्थीले पढ्ने भवन /वातावरण मैत्री शौचालयको भवन/ प्राध्यापक तथा पुस्तकालयको भवनको निर्माण र विद्यार्थी-मैत्री फर्निचरको व्यवस्थापन गर्दै विद्यालयको भौतिक व्यवस्थापनमा रचनात्मक भूमिका खेलेका थिए।

शिक्षा तर्फ २०६६ सालमै विद्यालयका हरेक तहमा तहगत इन्चार्जको व्यस्थापन गर्दै कक्षा नर्सरीमा अडियो भिजुअलद्वारा सिकाइ/विद्यालयमै कम्प्युटर ल्याबको व्यवस्था, ईन्टरनेटको प्रयोग मार्फत सिकाइ विकासमा प्रभावकारी भूमिका खेलेका थिए।

उनले व्यवस्थापन समितिको दोश्रो इनिङमा विद्यालय परिसरभित्रै दिवाखाजा र चमेनागृह तथा स्टेशनरीको व्यवस्थापनका साथै भवनका जीर्ण झ्यालढोका मर्मत सम्भार र झन्डै पचास सेट नयाँ डेस्क बेन्चको व्यवस्थापन गरिसकेका छन्।

हालै मात्र उनले विद्यार्थी र शिक्षकलाई एक हजार भन्दा धेरै रैथाने बाह्रमासे सुनकागतीको विरुवा र दुई हजार डाले घाँसको विरुवा निशुल्क उपलब्ध गराएका थिए। उनी स्याङ्जा जिल्ला सहकारी संघका सचिव हुन् भने नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य हुन्। उनी समाजमा राजनैतिक क्रियाकलाप भन्दा सामाजिक क्रियाकलाप र सकारात्मक भूमिकाले चर्चित छन्।

मनकारी डाक्टरले बाँडे विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री

भदौ ३०/ खबरकलम संवाददाता: मनकारी डाक्टर मनोरद्धिन सैयदले विद्यार्थीलाई न्यानप कपडा र खेलकुदका सामाग्रीहरु वितरण गरेका छन्।

Exif_JPEG_420

भीरकोट नगरपालिका वडा नं १ स्थित लक्ष्मी आधारभूत विद्यालय गजौदीमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, टोपी र भलिबल वितरण गरिएको वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले जनाएका छन्। उक्त विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई शैक्षिक पोशाक तथा अन्य सामग्रीहरु वितरण गरिएको हो।

Exif_JPEG_420

डाक्टर सैयदले यसअघि पनि समाजसेवा अन्तर्गत विभिन्न खालका कार्यक्रम गर्दै आएका छन्।

बालदिवसको अवसरमा अर्जुनचौपारीमा वक्तित्वकला प्रतियोगिता, सरस्वतीका एन्जल प्रथम

भदौ २९/स्याङ्जा: “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अर्जुनचाैपारी गाउँपालिकाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

गाउँपालिकाद्वारा आयोजित आधारभूत र माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधारभूत तह तर्फ श्री सरस्वती आधारभूत विद्यालयका एन्जल थापा प्रथम भएका छन्। श्री जन मा. वि. का अनिश चापागाई द्वितीय, श्री शितला ई. बो. स्कूलकी बहिनी सुप्रिया क्षेत्री तृतीय भएका छन् भने माध्यमिक तह तर्फ श्री घण्टे मा विकी सुस्मिता शर्मा प्रथम, श्री पञ्चकन्या माविका अशोक ढकाल द्वितीय तथा श्री अर्जुनचौपारी चिलेन्ड्रस एकेडेमीकै दीपिका अर्यालले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।

सहभागी सम्पूर्णलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले धन्यवाद ज्ञापन गरेका थिए।

विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो सम्पन्न

भदौ २६/स्याङ्जा : विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। आज विरुवा गाउँपालिका वडा नं ८ सिमलडाँडा स्थित समाजघरमा आज उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो।

सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वर्ष २०७९/८० मा भएका कार्यहरुको प्रगति मूल्याङ्कन प्रतिवेदन सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा सेवाप्रवाहका विषयमा उठेका प्रश्नहरुको जवाफ विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, कृषि अधिकृत सरस मरासिनी, योजना प्रमुख दीपक ढुङ्गाना, लेखा प्रमुख शंकर चापागाइँ, प्राविधिक प्रमुख प्रमिला पौडेल लगायतले दिएका थिए भने प्रमुख जवाफदेही वक्ताको रुपमा सम्पूर्ण प्रश्नहरुको एकमुष्ट जवाफ पालिकाको तर्फबाट अध्यक्ष सूर्यबहादुर कुँवरले दिएका थिए।

वक्ताहरुले कृषि यान्त्रिकरण तथा आधुनिकीकरण, बाँदर व्यवस्थापन, सडकबत्ती, खानेपानी, सडकको स्तरोन्नति, पशुपालनमा सहुलियत तथा अनुदान, नागरिक बडापत्र कार्यन्वयन, आर्थिक पारदर्शीता लगायतका विषयमा प्रश्न गर्दै आवश्यक सुझाव समेत दिएका थिए।

दरौंखोला मिडिया प्रालिद्वारा सहजीकरण गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा १६५ भन्दा बढीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रगति मूल्याङ्कन प्रतिवेदन विरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले प्रस्तुत गरेका थिए भने कार्यक्रममाथि प्रकाश प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी पिताम्बर पोख्रेलले गरेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्ण सेवाग्राहीलाई अध्यक्षता गराई सञ्चालन गरिएको उक्त कार्यक्रम सञ्चालन भने खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्यालले गरेका थिए।

भीरकोटमा ढापुक कालिका मन्दिर तथा ब्याडमिन्टन कोर्टको शिलन्यास गरियो

स्याङ्जा/भदौ २२:भीरकोट नगरपालिका वडा नं ८ ढापुकमा ढापुक कालिका मन्दिरको पुनःनिर्माणार्थ शिलन्यास गरिएको छ। भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले उक्त मन्दिरको शिलान्यास गरेका हुन्।

ढापुक कालिका मन्दिर आस्थाको केन्द्र समेत भएकाले यसको संरक्षण तथा सम्बर्द्धन गर्ने दायित्व नगरपालिकाको भएको बताउँदै नगरप्रमुख कर्माचार्यले मन्दिर निर्माणार्थ आर्थिक सहयोग समेत गरिएको बताए। अन्तर्राष्ट्रिय साक्षरता दिवस समेतको अवसर पारेर आज उक्त कार्यक्रम गरिएको थियो।

मन्दिर सँगसँगै आजै पब्लिक व्याडमिन्टन कोर्ट समेतको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।‌ उक्त कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले भीरकोटको बयरघारी, ढापुक हुँदै पर्वत जोड्ने सडकमार्ग स्तरोन्नतीको लागि वडाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकासँग पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता गरे।

कालिका युवा क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिका प्रमुख गोविन्द कर्माचार्य, विशिष्ट अतिथि भीरकोट नगर उपप्रमुख भगवती अर्याल, वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनाल, नगरप्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, नेपाली कांग्रेस भीरकोट नगर सभापति लक्ष्मण अधिकारी, पब्लिक एकेडेमी माविकी प्रअ देवका रेग्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।‌

कार्यक्रमको सञ्चालन भने रिबन विश्वकर्माले गरेका थिए।

निजामती सेवा दिवस वहिष्कार गर्दै आन्दोलनमा कालीगण्डकी र विरुवा गाउँपालिकाका कर्मचारी

भदौ २२/स्याङ्जा:

निजामती सेवा दिवस बहिष्कार गर्दै कालीगण्डकी र विरुवा गाउँपालिकाका कर्मचारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।

हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई संघीय संसदमा दर्ता हुन लागेको संघीय निजामती ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको हकहित, वृत्तिविकास र कर्मचारीबीच कायम हुनुपर्ने समानता नभएको भन्दै कर्मचारीले आन्दोलन थालेका छन् ।

सांकेतिक विरोध स्वरूप हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, निजामती सेवा दिवस नमनाउने तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णयका साथ स्याङ्जा जिल्लाका कालीगण्डकी गाउँपालिका र विरुवा गाउँपालिकाका कर्मचारीले १३ बुँदे विज्ञप्ति सहित आन्दोलनमा उत्रेका छन् ।

संघीय निजामती ऐन नभई एकीकृत निजामती ऐन ल्याउनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषा भित्र समेटीनुपर्ने, कर्मचारीको अन्तरतह सरुवा हुनुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारीलाई समेटिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको हुनुपर्ने लगायतका माग राख्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले आफ्नो मागप्रति गम्भीर हुन र सम्बोधन गर्न अनुरोध समेत गर्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा समेत बुझाएका छन् I  कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले निजामती सेवा दिवसलाई अपनत्व र ममत्व स्वीकार गर्न नसकेको अवस्थामा स्थानीय निकायको अग्रभागमा रही कार्यसम्पादन गरिरहेका कर्मचारीको मर्म र भावना विपरित जान नसकेको व्यहोरा स्पष्ट पारेका छन् ।

अर्जुनचौपारी गाउँपालिकामा बनाइएको हेलिप्याडमा हेलिकप्टरको सफल अवतरण

खबरकलम संवाददाता

भदौ २२/स्याङ्जा :अर्जुनचौपारी गाउँपालिकामा बनाइएको हेलिप्याडमा हेलिकप्टरको सफल अवतरण गराइएको छ।

यस अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ स्थित सहेंले फाँटमा निर्माण भएको पोखरा विमानस्थल पछिको गण्डकी प्रदेशकै ठूलो हेलिप्याडमा हेलिकप्टरको सफल अवतरणमा उपस्थित पाहुनाहरु नं ३ बाहिनीका बाहिनिपति सहायक रथि गौरव कुमार केसी, पाईलट प्रमुख सह-सेनानी रचन श्रेष्ठ, समरजीत गुल्मका निवर्तमान गुल्मपति सेनानी हरि भट्टराई र समरजीत गुल्मका गुल्मपति दिपेश खड्का लगायतको टीमलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी लगायतको टीमले स्वागत गरेको थियो।

पुतलीबजार हुँदै आएको हेलिकोप्टरले अर्जुनचौपारी गाउँपालिकाका सबै क्षेत्रमा सफल परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परीक्षण पश्चात् कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताए।

आपतकालीन प्रयोगका निम्ति बनाइएको उक्त हेलिप्याड निर्माणमा अर्जुनचौपारी गाउँपालिका र समरजीत गुल्म स्याङ्जाको सहकार्य रहेको छ।

वालिङमा रक्तसञ्चार इकाइको उद्घाटन गरियो, अब सेवामा सहजता

भदौ १९/वालिङ: वालिङ नगरपालिका र गह्रौं अस्पताल वालिङको सहयोगमा रक्त संचार इकाइको उद्घाटन भएको छ।

वालिङ जेसिजले आफ्नो पदस्थापन कार्यक्रममा यो सेवा वालिङमै उपलब्ध गराउने पहल गर्ने प्रतिबद्दता गरेको स्मरण गराउँदै वालिङ नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र स्वास्थ्य शाखामा पहल गरिरहेको थियो।

नेपाल रेडक्रसको स्थापना दिवसको अवसरमा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले उक्त रक्तसञ्चार इकाइको उद्घाटन गरेको जानकारी वालिङ जेसिसका अध्यक्ष मणिप्रसाद अर्यालले दिए।

रक्तसञ्चार इकाइको उद्घाटन भएपछि अब वालिङमै रक्तसेवा पाइने भएको छ।

पोखराका चार विद्यालयले गरे काठमाडौँ विश्वविद्यालयसँग सहकार्य

भदौ १६/पोखरा: “शिक्षण गर्ने परम्परामा परिवर्तन आवश्यक छ” भन्ने मान्यतामा आधारित रहेर पोखराका चार विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेका छन्।

शैक्षिक गुणस्तरमा नवीन विधि, अनुसन्धानमूलक, धारणात्मक सिकाइ अनि परियोजनाका माध्यमले सुधारको अपेक्षा गरी काठमाडौँ विश्वविद्यालयसँग गरेको सम्झौताअनुसार पोखरामा स्कुल लिडरलाई दिइने ४८ घण्टाको तालिम तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा पोखराका बाल प्रभात बोर्डिङ स्कूल, लक्ष्मी आवासीय मावि, बालोदय मावि, र जुनियर सिटिजन्स एकेडेमीका स्कुल लिडरहरूको सहभागिता रहेको थियो ।

उक्त तालिमको काठमाडौँ विश्वविद्यालयका प्रोफेसर तथा डिन बालचन्द्र लुइँटेल र सन्दीप ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो। सिकाइलाई प्रभावकारी तथा समय सापेक्ष बनाउनका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको बाल प्रभात माविका प्रिन्सिपल डिल्लीराम अर्यालले बताए।

उक्त कार्यक्रममा लक्ष्मी आवासीय माविका विश्व उदिर, बालोदय माविका टेकनाथ पौडेल र जुनियर सिटिजन्सका सुन्दर ढकालले पनि कार्यक्रमको उपयोगितामाथि प्रकाश पारेका थिए। स्कूल लिडरहरूलाई एकीकृत पाठ्यपुस्तक ढाँचा र त्यसको अध्यापनमा अपनाइने नवीन विधि तथा परियोजनामा केन्द्रित व्यवहारिक अभ्यासको खाकासमेत प्रस्तुत गरिएको थियो।

यस सहकार्यले दक्ष र सक्षम शिक्षक अनि सीपयुक्त विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भूमिका रहने सहकार्यमा जोडिएका चार विद्यालयको अपेक्षा रहेको छ। यसै कार्यक्रममा दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरी हस्तान्तरण गर्ने काम पनि सम्पन्न भएको जानकारी बालप्रभात बोर्डिङ्ग स्कूलका प्राचार्य डिल्लीराम अर्यालले दिए।