२०८३ अशोज ५, सोमवार

कोभिडको संक्रमणमै स्याङ्जाका विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने प्रअ तथा शिक्षक पक्राउ

साउन १२/स्याङ्जा: कोरोना भाइरसको दोश्रो लहरले देशभर महामारीको रुप लिइरहेका बेला स्याङ्जा जिल्लामा भौतिक रुपमा विद्यालय खोलेर पठनपाठन गराउन खोज्ने प्रअ तथा शिक्षकलाई प्रहरीले पक्रेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकास्थित सार्वजनिक विद्यालयले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको निषेधाज्ञालाई अटेर गरी संक्रमणकै बीच विद्यालय खोलेर भौतिक रुपमा विद्यार्थी बोलाई पठनपाठन गराउन खोजेकाले पहिलोपटक सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

उसैपनि स्याङ्जा जिल्लामा दिनहुँ पचास भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिईरहेका छन्। स्याङ्जा जिल्लामा पनि भीरकोट नगरपालिका कोरोना संक्रमणको जोखिमले रेड जोनमा परेको नगरपालिका हो। महामारीको बेला विद्यालय खोलेर भौतिक रुपमा पढाई सुरु गर्नु आफैमा महामारीलाई ठाडो निम्तो दिनु हो। यस कुरालाई कसैले पनि नजरअन्दाज गर्नु हुँदैन।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारीले दिएको जानकारी अनुसार भौतिक रुपले विद्यालय संचालन गर्न खोज्ने प्रअ तथा शिक्षकलाई निगरानी गरिने र कडाईका साथ निषेधाज्ञाको पालना गर्न लगाइने कुरा उल्लेख छ। यदि त्यसो भएको नपाइएमा सरुवा तथा संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले दिएका छन्।

युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा स्याङ्जाका मल्ल मनोनीत

साउन ११/स्याङ्जा: नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उद्यमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रीय सदस्यमा स्याङ्जा जिल्लाका लोक विक्रम मल्ल नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाई समन्वय गरी गतिशील बनाउन महत्वपूर्ण योगदान रहने विश्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउँछन् ।

को हुन् त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समयदेखि रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन् । फिल्मी क्षेत्रमा बिगत 9 वर्ष देखि काम गरिरहेका उनी कलाकार र फिल्म वितरकको काम गर्दछ्न्।

समाजमा अरुभन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दु:खी असहाय र पीडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खानादेखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए।

उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।
अमित भट्ट/काठमाडौ : नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन ।

को हुन त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत 9 बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन ।

समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए।

भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले गर्यो अनुदानमा लोकल कुखुराका चल्ला वितरण

साउन ५/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अनुदानमा लोकल कुखुराका चल्ला वितरण गरेको छ।

ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई प्रत्यक्ष रुपमा आर्थिक टेवा पुर्याउने उदेश्यले लोकल कुखुराका चल्ला वितरण गरिएको जानकारी सहकारी अध्यक्ष विश्वनाथ अर्यालले दिएका छन्। यसअघि करिब ३००० कुखुराका चल्ला वितरण गरिसकिएको र आजका ५००० चल्ला सहित आजसम्म ८००० चल्ला वितरण भएको उनको तथ्याङ्क छ।

२०७५ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा रु १००० मा शेयर खरिद गर्न सकिन्छ। भीरकोट नगरपालिका वडा नम्बर ३,५,६,७,८ कार्यक्षेत्र रहेको उक्त सहकारीले हरेक शेयरधनीलाई उद्यमशील बनाउने र बेरोजगारी समस्या समाधान गर्दै लैजाने उदेश्यले पहिलो चरणमा कुखुराका चल्ला वितरण गरिएको हो। पहिलो, दोश्रो चरणमा कुखुरा वितरण गर्दा स्थानीयको धेरै सहभागिता पश्चात तेश्रो चरणमा पनि चल्ला वितरण गरिने अर्यालले बताए।

केही दिन अघि मात्रै सहकारीले कृषि प्रयोजनका लागि १० वटा टनेल निर्माण कार्य सम्पन्न गरेको थियो।

निकट भविष्यमा पशु बिमा कार्यक्रम, बीउ बिजन वितरण कार्यक्रम, कृषक उनुदान लगायतका अन्य कार्यक्रम सञ्चालन गरिने अर्यालको भनाई छ।

साना किसान सहकारी संस्था देशभर नै शाखा संजाल रहेको संस्था हो। यसले कृषि पेशालाई आधुनिकीकरण गर्न मात्र नभई अनुदान र सहुलियतपूर्ण ऋण समेत उपलब्ध गराउँदै आएको छ। साथै साना किसान सहकारी संस्थाबाटै कृषकहरुलाई तालिम तथा भ्रमण समेत वर्षेनी गरिँदै आएको छ।

मार्मिक शब्द रचनाकार शिव अखेलीको शब्दमा तिज गित कोसेली लैजा चरी सन्देश(गाउँ जाने जिप-३) सार्वजनिक

साउन ४/राम बहादुर रोकाहा: मार्मिक शब्द रचनाकार शिव अखेलीको शब्दमा तिज गित कोसेली लैजा चरी सन्देश(गाउँ जाने जिप-३) सार्वजनिक भएको छ।

“डाँडा पारी दिदिबहिनी डाँडावारी हामी अहिले पनि रुनि होला मुटु छामीछामी” यो तिजमा तिम्लाई लिन आउनी रहर छ , क्यारम तनि दिदी क्यारम तनि बहिनी लिन आउने बाटोमा कोरोनाको दोस्रो लहर छ ।। मार्मिक शब्द रचना गर्ने मार्मिक सर्जक शिव अखेली जसको भिर्नी झोलामा , बाटैमा भाइरस लगायतका गित करोड क्लबमा रहेका छन् ।

उनै सर्जक शिव अखेलीको शब्दमा रहेको गित हो लैजा चरी सन्देश(गाउँ जाने जिप-३), जसका शब्दले यो तिजमा प्रायः को आँखाबाट आँसु नखस्ला भन्न सकिन्न । स्याङ्जाका गायक सन्तोष आर.डि र गायिका तारा पौडेल श्रेष्ठको स्वरमा रहेको यो गितले सम्पूर्ण चेलीको मन पक्कै पनि रुझाउने छ,अत्यन्तै मार्मिक यो गितका शब्दले विशेष महत्त्व भने राखेको छ ।

विश्वभरी महामारीका रुपमा लिएको कोरोना भाइरसका कारण तिजमा माइत जान नपाएकी चेलीको व्यथालाई आधार बनाई सर्जक शिव अखेलीको मार्मिक शब्द र गोबिन्द पौडेलले बनाएको लयमा तयार भएको यो भिडियो डिजिटल स्टार पोखराका प्रोपाइटर एवं कुशल एरेन्जर तारानाथ आचार्यको निर्देशन रहेको छ भने छायांकान प्रमोद गुरुङले गरेका हुन् ।

सुर्यमान श्रेष्ठको व्यवस्थापन रहेको उक्त भिडियोमा चर्चित अभिनेत्री स्याङ्जाली चेली अप्सना थापाको मुख्य भुमिका रहेको छ भने उनलाई सन्तोष पोख्रेलले साथ दिएका छन् । पर्दा बाहिर रहेर पनि भिडियोमा कुनै कमि नछोड्न आफुले सकेसम्मको मिहिनेत गरेर समीर रामदामले सम्पादन र सुबास अम्गाईले उक्त गितमा रङ्ग संयोजन गरेका छन् ।

हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=DJYRC-OmAfE

स्याङ्जामा पनि कोरोनाको डेल्टा म्युटेड संक्रमण पुष्टि

असार २७/रामबहादुर रोकाहा: स्याङ्जा जिल्लामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ।

यो कोरोना भाइरसको नयाँ भेरिएन्ट रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जामा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको आशन्का रहेकोले गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट २०७८/०२/३१ गते जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं नयाँ भेरिएन्ट जाँचका लागि पठाइएका ५ नमुनाहरु मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका १४ र ६० वर्षीय दुई पुरुषमा नयाँ भेरिएन्ट {Delta(B.1.167.2)} पुष्टि भएको हो।

यस्तै अन्य ३ जना गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४०, र ७० वर्षीय महिलाहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपाली भाषा शिक्षक परिषद् कास्कीको साधारण सभा सम्पन्न

असार २६/पोखरा: नेपाली भाषा शिक्षक परिषद् कास्कीले भर्जुअल माध्यमबाट बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिका अध्यक्ष प्राध्यापक डा.रामनाथ ओझाको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रममा ओझाले संस्थाले उद्देश्य अनुरुप शिक्षक र विद्यार्थीको भाषिका सिप विकास तथा भाषिक उत्थानका लागि प्रशंसनीय कार्य गरेको विचार राख्नुभएको थियो।


उद्घाटनसत्र र बन्दसत्र गरी दुई चरणमा सम्पन भएको उक्त कार्यक्रमको पहिलोसत्रमा विभिन्न विषयमा प्रविधिमैत्री समाज नेपाल तथा नेपाली भाषा विषय समितिका संयोजक हर्क गुरुङ, नेपाली भाषा परिषद् पर्वतका अध्यक्ष आनन्द रिमाल, नेपाली भाषा परिषद् तनहुँका अध्यक्ष रुक्मिणी पौडेल, सामाजिक अध्ययन मञ्चका अध्यक्ष दिनेश अर्याल, विज्ञान समाज कास्कीका अध्यक्ष राजकुमार ढकाल, गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष केशवप्रसाद अमगाईँ, परिषद्का सल्लाहकारज्यूहरु सहप्रा.डा.पुष्यप्रसाद शर्मा,संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, उपप्रा. बोधराज ढकाल, लोकचन्द्र खनाल, डोेलराज अर्याल र दिनेश सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो, भने दोस्रोसत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन परिषद्का सचिव सूर्यप्रसाद लम्साल र कोषाध्यक्ष शिवहरि सुवेदीले प्रस्तुत गर्नुभएको थियो । साथै विधान संशोधन कार्यदलले तयार पारेको संशोधन प्रस्ताव माथि व्यापक छलफल गरी परिमार्जन सहित सर्वसम्मतबाट पारित भएको थियो।


परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष विक्रम पौडेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन परिषद्का सचिव सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो साथै प्रविधिमा कोषाध्यक्ष शिवहरि सुवेदी र सदस्य विष्णु पौडेलले गर्नु भएको थियो ।

नगद रकमसहित जुवाडे पक्राउ

राम बहादुर रोकाहा/असार २४:

स्याङ्जा बयरघारीबाट करिब दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

राम बहादुर रोकाहा

स्याङ्जाको भिरकोट नगरपालिका -२ बयरघारी ठाडोलाईन स्थित एक होटेलबाट तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

गोप्य सुचनाका आधारमा भीरकोट नगरपालिका वडा नम्बर-२ बयरघारी ठाडोलाईनमा भाडामा संचालन गरिएको बिबेक होटेलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले एक लाख ७६ हजार ४ सय पाँच रुपियाँ साथै २ सय १२ पत्ती तास सहित १२ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडेको टोलीलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा सम्बधी कसुर मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धानको निमित्त जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

छोरी बलात्कार गर्ने बाबु पक्राउ

असार २३/स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका बस्ने पुरुष आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।


२०७८ असार २२ गते बिहान साढे ७ बजेतिर आफ्नै ११ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी दरखास्त परेको आधारमा निज बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


जाहेरी दरखास्त परेर पक्राउ गरिएका आरोपित बाबुलाई स्याङ्जा जिल्ला अदालतले बुधबारदेखि ७ दिनको म्याद थप गरेको र थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

असार १८/चितवन: नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका- ६ को चारकिलो र पाँचकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको हो।

चितवन प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भैरहेको र दुई तीन घण्टासम्ममा पहिरो हटाइसकिने बुझिएको छ ।