२०८३ अशोज ५, सोमवार

बेलायतकी रानी पतिको निधन

चैत २७/ अन्तराष्ट्रिय: वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ।

बेलायत विश्वकै पूरानो र ठूलो राजतन्त्र भएको मुलुक हो।

बिक्रम परियार र अमृता श्रीपालको नयाँ गीत आउँदै

चैत २१/ काठमाडौं: पछिल्लो समयमा बिक्रम परियार निकै चल्तीका गायक हुन्।

उनले स्वर भरेका गीतहरु एकपछि अर्को गर्दै बजारमा तहल्का मच्चाईरहेका बेला उनको फेरी अर्को गीत ” मदानीमा नेती” बजारमा आउन लागेको हो।

अमृता श्रीपालको गीत मदानीमा नेतीमा उनै बिक्रम परियारले संगीत तथा स्वर भरेका हुन्।

गुन्द्रुक मीठो सागको, चौतारीको बर, आधा माया, बाँचेको छु धन्न लगायतका थुप्रै गीतमा निकै मधुर स्वर भरेका गायक बिक्रम परियारले यो गीतमा निकै मिहेनत गरेको र सफल पारिदिनुहुन सबै श्रोता दर्शकलाई अनुरोध समेत गरेका छन्।

बाबा इन्टरटेनमेन्ट टिभी तथा कृतिका इन्टरटेनमेन्टले उक्त गीत बजारमा ल्याउन लागेका हुन्।

सातुपसलको स्वास्थ्यचौकी नजिकैको जंगलमा लाग्यो डढेलो

स्मृति काफ्ले:

चैत २०/स्याङ्जा: पुतलिबजार नगरपालिका १३ सातुपसल स्वास्थ्य चौकी आसपासको जंगलमा आगोलागी भएको छ।

करिब २ घन्टासम्म जनसमुदाय, जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी सातुपसल उपशाखाका सदस्य, सामाजिक युवा अभियन्ता , स्याङ्जा जिल्लाका आगो नियन्त्रण प्रहरी लगायत सबैजनाको सहयोगमा आगो नियन्त्रण गरिएको छ।

उक्त डढेलोबाट ठुलो जनधनको क्षति हुन त जोगिएको छ तर, सोही क्षेत्रमा रहेको खानेपानीको पाइप जलेर नस्ट भएको छ।

स्याङ्जालीको रातो कम्मल

चैत २०/ शुक्रबार: स्याङ्जाका शिक्षकको एक समुहले रातो कम्मल नामक गीत बजारमा ल्याएको छ।

निकै छोटो समयमा टिकटकमा निकै मन पराइएको यो गीत युवा पुस्तालाई बढी छुने खालको रहेको छ।

सुनिता बुढा छेत्री र बिश्व बिनोदकाे स्वर रहेको यस गीतमा लय/शब्द उत्तम अधिकारी, रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोईराला रहेको छ । रामचन्द्र न्यौपाने, उत्तम अधिकारी, दुर्गा प्रसाद कोईराला, रघुनाथ भट्टराई, गौरव भट्टराई र शिशिर आचार्य निर्माता रहेको गीतमा मोडेलको भूमिका करिश्मा ढकाल र सन्जिब ठकुरीले निभाएका छन् भने कोरियिग्राफी रुपेश श्रेष्ठले गरेका छन्।

भावना म्युजिक साेलुसनले बजारमा ल्याएकाे उक्त गीत चर्चाको शिखरमा छ।