२०८३ अशोज ६, मङ्लबार

‘भारतले नेपालीको घाउमा नुनचुक छर्क्यो’

११ जेठ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्‍यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित गरेको भने होइन ।

पछिल्लो सात महिनामा वार्तामा बस्न आग्रह गरेर पठाइएका तीनवटा ‘कूटनीतिक नोट’ लाई भारतले बेवास्ता गरेपछि मात्रै सुगौली सन्धिलगायतका प्रमाण र तथ्यका आधारमा नेपालले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेको हो । कूटनीतिक जवाफ नदिई भारतीय सेना प्रमुखले नेपालविरुद्ध आपत्तिजनक लाञ्छना लगाएपछि त्यसको चर्को विरोध भयो ।

अब कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ को तरिका अपनाउनुपर्छ !

२० जेठ, काठमाडौं । सरकारले पहिलो चरणमा श्रम गन्तव्य मुलुक र विद्यार्थी धेरै भएका देशमा बढी नै संकटमा परेका नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । अहिले खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेर आउन चाहने नागरिकलाई चार्टर विमानमा ल्याइने पर्यटनमन्त्री योगेश भट्टराईले प्रष्ट पारेका छन् ।

उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका मन्त्री भट्टराईले युरोप, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीलाई भने उद्धार गर्न नसकिने बताए । मध्यपूर्व वा नजिकका ट्रान्जिटसम्म आए अन्यलाई उद्धार गर्ने क्रममा उनीहरूलाई पनि ल्याउन सकिने भट्टराईले बताए ।

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो ।

वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै बन्द गर्न समितिलाई दबाव दिए । बीमा समितिले पनि तत्कालै कोरोना बीमा पोलिसी बन्द भएको घोषणा गर्यो ।

‘नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ भन्नु अफवाह’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ ।

नेपालमा अन्य देशको भन्दा मृत्युदर कम भएको तथा नेपाली वैज्ञानिकले खोप पत्ता लगाएको समेत समाचारहरू आउन थालेका छन् । के हो त वास्तविकता ? जीवाणु वैज्ञानिक सुदीप खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

‘सरकारको बजेटलाई कुन प्रतिपक्षले राम्रो भन्छ र ?’

४ असार, कैलाली । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले सोमबार स्वास्थ्यलाई प्राथमिकता दिँदै यस्तो बजेट ल्याएका हुन् ।

मन्त्रालयले स्वास्थ्यपछि कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । ‘रोजगारी सिर्जना गर्ने बजेट आएको छ’, मन्त्री बोहोरा भन्छन्, ‘सुदूरपश्चिम प्रदेशको बजेट मुलुककै उत्कृष्ट बजेट हो ।’

‘नेपालमा संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन’

अनलाइनखबरले केही दिनयता कोरोना नियन्त्रणमा सरकारले चालेका प्रयासहरुको समीक्षा विभिन्न विज्ञहरुमार्फत गर्दै आएको छ । हामीले अहिलेसम्म विज्ञ डाक्टरहरु शरद वन्त, डा. समीरमणि दीक्षित, डा. सेनेन्द्र उप्रेती लगायतलाई प्रस्तुत गरिसकेका छौं । र, यहाँ बरिष्ठ जनस्वास्थ्यविद डा. महेश मास्केलाई प्रस्तुत गरेका छौं ।

डा. महेश मास्के भन्नासाथ धेरै मानिसले कूटनीतिज्ञ अर्थात, चीनका लागि पूर्वनेपाली राजदूतलाई सम्झने गर्छन् । तर, पूर्वराजदूत अर्थात कूटनीतिज्ञ बाहेक डा. मास्केको अर्को ‘प्रोफेसनल’ व्यक्तित्व पनि छ– बरिष्ठ जनस्वास्थ्यविदका रुपमा ।

कुमारी चलचित्र भवन सोमबारबाट बन्द

कमलपोखरि स्थित रहेको क्यूएफएक्स कुमारि चलचित्र भवन मर्मत सम्भारका लागि एक महिनाको लागि बन्द गरिएको छ । चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएकाले अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागिएको हो। चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको हो। कमलपोखरीमा रहेको कुमारी दर्शकहरुको उच्च चाप हुने चलचित्र भवन हो । फिल्मको प्रिमियरका लागि पनि विशेष मानिएको यो चलचित्र भवन एक महिना बन्द हुँदा निर्माता निर्देशकलाई ठुलै घाटा पुग्नेछ ।

ऋचाले सुरु गरिन् ‘चलचित्र टीभी’ एप

घरमै बसेर सिमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँदैछ । हलमा रिलिज भैसकेका चलचित्रहरु युटुबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए ।

तर, अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ ।

ऋचाका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

यो एप विशेषगरि विदेशमा रहेर नेपाली चलचित्र हेर्न चाहने दर्शकहरुका लागि लक्षित रहेको वुझ्न सकिन्छ ।

ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गर्न लागेकी हुन् । एपमा चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ रिलिज गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरसको सन्त्रासपछि सरकारले जारी गरेको लक डाउनका कारण विश्वभरका मानिसहरुमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने रुची बढेको छ । यो एपले दर्शकमा राम्रो प्रभाव पार्न सकेको खण्डमा नेपाली चलचित्रका निर्मातालाई पनि ठूलो राहत हुनेछ ।

सुशान्तलाई ‘सञ्जु’मा खेलाउने वाचा हिरानीले किन पुरा गरेनन् ?

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको मुद्दा गर्माएको छ । नायिकाहरु आलिया भट्ट, सोनाक्षी सिन्हा, जान्हवी कपुर लगायतका कलाकारहरुको सामाजिक संजालमा आलोचना भैरहेको छ ।

सुशान्तलाई बलिउडका ठूला निर्माताहरुले काम नदिएको, उनीहरुले बलिउडमा परिवारवादलाई प्रसय दिएको लगायतको आरोप लागिरहेको छ । नायक सुशान्त सिंहलाई बलिउडका सफल निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’ नामक चलचित्रमा काम गराउने आश्वासन दिएर पनि काम नदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्र ‘पीके’मा केमियो भूमिकाका लागि सुशान्तलाई हिरानीले अफर गरेका थिए । सो समयमा सुशान्तले हिरानीलाई आमिर खानको मुख्य भुमिका रहेको चलचित्रमा काम गर्दा के फाइदा हुन्छ र भनेर प्रश्न गरेका थिए । सो समयमा हिरानीले सुशान्तलाई आफ्नो नयाँ चलचित्रमा खेलाउने आश्वासन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, पछि यो कथामा नायक रणवीर कपुरले रुची देखाएपछि हिरानीले उनलाई नै लिएर चलचित्रमा काम गरेका थिए । यो चलचित्र ब्लकबस्टर भयो । तर, एउटा राम्रो कथामा काम गर्ने अवसर सुशान्तले भने गुमाए ।

भारतमा कोरोनाबाट एकैदिन ४६५ जनाको मृत्यु, करिब १६ हजार नयाँ संक्रमित थपिए

१० असार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४६५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार ४७६ पुगेको छ ।

भारतमा संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३९ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ५३१ जनाको मृत्यु भइसको छ ।

दिल्लीमा ६६ हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३०१ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८३३ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा करिब १९ हजार संक्रमित फेला परेका छन् भने ५८८ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ५८ हजार ६८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।