२०८३ अशोज ७, बुधबार

चिनियाँ र भारतीय सेना विवादित सीमाबाट पछि हट्न सहमत

१० असार, काठमाडौं । भारत र चीनको बीचमा तनाव जारी रहेको अवस्थामा दुवै मुलुकका अधिकारीहरुले मंगलबार भारतीय सेना र चिनियाँ अधिकारी विवादित सीमाबाट पछि हट्न तयार भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले दुवै पक्ष विवादित सीमाबाट पछि हट्ने विषयमा आपसी सहमति भएको बताएका हुन् । समाचारमा बताइएअनुसार सोमबार ११ घण्टासम्म चलेको बैठकको क्रममा यस्तो सहमति भएको हो ।

गत जुन १५ मा चीन–भारत सीमाक्षेत्रमा भएको झडपको क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो । यो घटनापछि दुई मुलुको बीचमा तनाव बढेको छ । यो घटनापछि भारतमा चिनियाँ सामग्री बहिष्कार गर्नेलगायतका चीन विरोधी अभियान सञ्चालन भएका छन् ।

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।

समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ ।

५८ जिल्लामा फैलियो अमेरिकी फौजी किरा

मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरबाट विवरण मागेको थियो । केन्द्रले पाएको विवरणमा प्रदेश १ का ११ जिल्लाका ३२ हजार ५४० घरधुरी किसान फौजी किराबाट प्रभावित भएको उल्लेख छ ।

क्षतिको जिल्लागत विवरण

प्रदेश १ का उदयपुर, ओखलढुंगा, सुनसरी, भोजपुर, इलाम, झापा, खोटाङ, धनकुटा, पाँचथर र मोरङमा करिब एकलाख २२ हजार ३९५ हेक्टर मकै बालीमध्ये १० हजार ६३४ हेक्टरमा किराको प्रकोप देखिएको छ । प्रदेशको कुल मकै खेतीमध्ये २५ प्रतिशतमा किराको प्रकोप रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रदेश २ का धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र सिराहा गरी सात जिल्लाको मकै खेतीमध्ये २५ प्रतिशतमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।

एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का

९ असार, काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ । प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो ।

एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) सम्म सम्पूर्ण तयारी सक्नु पर्ने भनिएको थियो । निर्धारित मितिमा तयारी सकिएको भए १७ असारदेखि एमसीसी कार्यान्वयनमा जाने तयारी थियो ।

कोरोनाले ‘शून्य’मा झरेको पर्यटन कसरी उठ्दैछ ?

९ असार, काठमाडौं । ११ चैतमा सरकारले घोषणा गरेको लकडाउनपछि हवाई यातायात बन्द भयो । पर्यटक बोक्ने गाडी थन्किए, होटेलका कोठा बन्द भए, टिकेटिङ एजेन्सीमा ताला लागे । त्यसअगाडि नै अन्तर्राष्ट्रिय पर्यटकको बुकिङ रद्द भइसकेको थियो ।

अन्तर्राष्ट्रिय उडानका टिकट धमाधम रद्द गरिएका थिए । सोहीकारण पर्यटन इतिहासमै पहिलो पटक शून्य गतिविधिमा झर्न पुग्यो। पर्यटन व्यवसायी सुमन पाण्डे सम्झन्छन्, ‘सन् २००१ को ट्विनटावर आक्रमण, नेपालको सशस्त्र द्वन्द्व र २०७२ सालको भूकम्पपछि पनि नेपालको पर्यटकीय गतिविधि अहिले जसरी ‘शून्य’मा झरेको थिएन ।

‘काग’तिर हेर्ने प्रधानमन्त्रीले ठमेलतिर पनि हेर्ने कि ?

१० असार, काठमाडौं । ओली सरकारले कागको उदाहरण दिँदै ‘अर्थतन्त्रभन्दा ज्यानको सुरक्षा ठूलो हो’ भन्दै आँखा चिम्लिएर ८० दिनसम्म लगातार लकडाउन गर्‍यो । बढीमा एक महिना लकडाउन गरेर आर्थिक गतिविधि खुकुलो पारिदिएको भए अर्थतन्त्रमाथि घात हुने थिएन कि ? यो प्रश्नको जवाफ दिने जिम्मा विज्ञ/विश्लेषकहरूको हो, यहाँचाहिँ सरकारी उपेक्षाका कारण ठमेलका व्यवसायीले भोग्नुपरेको दर्दनाक कथा पढौं ।

ईश्वरीप्रसाद भण्डारी अर्थात् ठमेलका ‘फोटो गुरु’ , ३० वर्षदेखि फोटो व्यवसायमा छन् । उनैले हो ठमेलमा फोटो व्यवसाय सुरु गरेको । ‘भण्डारी फोटो स्टुडियो’बाट व्यवसाय थालेका उनी आजभोलि आफ्नो पसल ‘ठमेल फोटो जोन’मा भेटिँदैनन् ।

निमाले बनाइन् इतिहास, नेपाललाई ३०औं स्वर्ण

२६ जेठ, पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।

यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ।

यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव एवं झगडा उनीहरूमा मात्र सीमित हुँदैन । त्यसले सबैभन्दा बढी उनीहरूका बालबच्चालाई पिरोल्छ, त्यसपछि आमाबुबालाई । परिवारका सदस्य, आफन्त, इष्टमित्रलाई समेत असर गर्छ।

निमाले बनाइन् इतिहास, नेपाललाई 2०औं स्वर्ण

श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदारी गर्नुपर्छ । उनीहरू एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ । हामीलाई यस्तै लाग्छ ।

तर मनका सबैकुरा आफ्ना श्रीमान् वा श्रीमतीसँग पोख्नैपर्छ ? सबैकुरा एकअर्कामा साझेदारी गर्नु उचित हुन्छ ?

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नित्तान्त गोपनीयता अपनाउनुपर्ने हुन्छ। यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरू खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ ।

आफ्नै परिवारको नराम्रो कुरा

श्रीमान् वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरूको गल्ती, कमजोरी औंल्याउने, टिप्पणी गर्ने, परिवारको मान-मर्यादामा आँच आउने कुराहरू गर्ने बानी राम्रो होइन। परिवारभित्रका कुराहरू सकेसम्म गोप्य राख्नुपर्छ । परिवारका सदस्यहरूको गल्ती कमजोरी औँल्याउने र त्यसमाथि नकारात्मक टिप्पणी गर्ने बानीले दाम्पत्य सम्बन्धलाई धरापमा पार्न सक्छ।

अरूको चरित्र हत्या हुने कुरा

श्रीमान् वा श्रीमतीले अर्काको चरित्रलाई लिएर पनि नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । चाहे घरका सदस्य होस् वा छिमेकी, साथीभाइ होस् वा कार्यालयका सहकर्मी। उनीहरूको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु आफैँमा खराब प्रवृत्ति हो । त्यसैले आफूले अर्काको चरित्रमाथि औँला उठाइरहँदा पार्टनरमा आफूलाई हेर्ने दृष्टिकोण नै खराब बन्न सक्छ ।

त्यसैले अर्काको चरित्र हत्या हुने किसिमको टीकाटिप्पणी गर्नु उचित हुँदैन । परिवारका सदस्य, छिमेकी, साथीभाइको व्यक्तिगत चरित्र कस्तो छ भन्ने कुरा दम्पतीबीच साझेदार गर्नु जरुरी पनि छैन । बरु अरूको चरित्रबारे चर्चा गरेर समय खर्च गर्नुभन्दा आफ्नै घर व्यवहारको कुरा गर्नु उचित हुन्छ ।

अर्कासँग तुलना नगर्ने

श्रीमान् वा श्रीमतीमा एकअर्काप्रति केही अपेक्षा हुन्छन नै । यद्यपि ‘फलानोले जस्तो’ भनेर आफ्ना पार्टनरलाई अरूसँग तुलना गर्नु उचित हुँदैन । मानौं तपाईंले आफ्ना पार्टनरमा कतिपय कमी, कमजोरी औंल्याउनुभएको छ । अरू व्यक्तिसँग तुलना गर्दै उक्त कमी कमजोरीमाथि टिप्पणी गर्दा त्यसले तपाईंहरूमा एकअर्काप्रतिको आशा र भरोसा टुट्न सक्छ।

सबै मान्छे आफैँमा पूर्ण हुँदैनन् । सबैको केही सवल पक्ष हुन्छन्, कमजोरी पनि । आफ्नो पार्टनरमाथि खोट देखाउने कुरा पनि त्यति उचित हुँदैन । यस्ता कुरामा मौन बसेकै राम्रो हो।

अपमानको कुरा

आफूमाथि अपमान भएको कुरा पनि दम्पतीले एकअर्कामा साझेदार गर्न आवश्यक छैन । यस्ता कुराले आफ्ना पार्टनरलाई अरू बढी दुःखी बनाउन सक्छ । हीनताबोध पैदा गर्न सक्छ । त्यसैले आफूमाथि कुनै अपमान भएमा त्यसलाई साझेदारी गरिरहनु उचित हुँदैन ।

सहयोग गरेको कुरा

मानौं आफन्त, छिमेकी, साथीभाइलाई तपाईंले केही सहयोग गर्नुभयो । आर्थिक सहयोग हुन सक्छ, भौतिक सहयोग हुन सक्छ । यस्ता कुरा पनि पार्टनरलाई बताउनु उचित हुँदैन । किनभने सहयोग भनेको हार्दिकताका साथ खुला हृदयले गर्ने हो । यसरी कसैलाई सहयोग गरिन्छ भने त्यसलाई प्रचार गरिरहनु आवश्यक छैन 

ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ ll

२०४६ साल असारको एक साँझ आमालाई असजिलो भयो । आमालाई असजिलो बनाउने म थिएँ, उहाँको पेटमा । रात छिप्पिँदै गयो, आमालाई व्यथाले झन् च्याप्दै लग्यो । पीडा र छट्पटी बढेसँगै आमालाई घरबाट बाहिर निकालियो । पिँढीको एक छेउमा गुन्द्रीको बार लगाइयो र म त्यही गुन्द्रीले बेरेको सानो चेपमा जन्मिएँ ।

आफ्नो जन्मकथा आमाबाट सुन्दा १० वर्षकी थिएँ । मेरो कपाल मुसार्दै आमाले मेरो जन्मकथा भन्दैगर्दा उहाँका आँखाबाट किन आँसु झरे ? त्यसबेला मैले बुझ्न सकिन ।

म जन्मिँदा खुब बर्सिए’थ्यो रे आकाश । सायद, आफैँ जन्मिएको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा त्यसैगरी रोए’थ्यो होला मेरी आमाको मन।

खै, कुन विवशताले मेरी गर्भिणी आमालाई, गर्भमै सन्तान बोकेर मामाघर पुर्‍यायो । आफैँ जन्मेहुर्केको घरभित्र आफ्नी छोरी जन्माउन नपाउँदा पोल्यो कि पोलेन होला मेरी आमाको मन ? ११ दिनसम्म असारे झरीमा छोरी च्यापेर पिँढीमा बिताएका मेरी आमाका अनिँदा रातहरूसँग किन पग्लिन सकेन मेरो समाजको सम्वेदना र भत्किन सकेन एउटा कुसंस्कारको पर्खाल ?

त्यसताका मेरी आमाले घरभित्रै सुत्केरी हुन्छु भनेर किन विद्रोह गर्न सक्नुभएन ? त्यतिबेला आकाशबाट असारे झरी बेसी झर्‍यो होला कि मेरी आमाको आँखाबाट आँसु ? समयको एक हुण्डरी निलेर बाँचेकी आमालाई आजसम्म सोध्ने हिम्मत गर्दैन मेरो मनले।

जे होस् म मामाघरमा जन्मिएँ । आमा पनि ११ दिनपछि तङ्ग्रिनुभयो । मेरो न्वारन गर्न भने मेरो बुबाको बुबा अर्थात् आमाका ससुरा आउनुभयो । न्वारन भएको केही दिनमा हजुरबाले मलाई आफ्नो घर लैजानुभयो । आमा जन्मिएको घरमै जन्मिएर पनि म त्यो घरकी भइनँ । मेरो आफ्नो घर त मेरो बुबाको घर पो रहेछ । न्वारनको केही दिनमा घर पुगेकी मैले त्यही घरमा बिताएँ, जीवनको लगभग दुई दशक समय । यो अवधिमा मैले घामपानी, हुरीबतास र रहरहरू कटाएँ । मलाई कहिल्यै लागेन यो घर पनि मेरो होइन । तर, कुनैदिन मलाई यही घरले पराइको व्यवहार गर्नेछ भन्ने मलाई लागेन।

तर, विडम्बना एकदिन बुबाले मेरो निधारमा कसैको नामसहितको टीका टाँसिदिएपछि यति लामो समय आफ्नो ठानेको घर आफ्नोे भएन । छिनभरमै माइतीघरमा परिणत भयो । घरमात्रै होइन, जन्मिँदै लिएर आएको गोत्र पनि मेरो भएन । विवाहमण्डपमा बाहुनले मेरो कानमा उनको मुख जोड्दै गन्हाउने स्वास फालेर भनेथे– मैले पाएको अर्को गोत्र । उनको आवाजसँगै निस्किएको सास मेरो नाकमा ठोक्कियो । तर, मेरो कानले पटक्कै ठम्याउन सकेन- विवाहपछि म कुन गोत्रकी भएँ भनेर ।

त्यसपछि म मेरो घर मानेर कसैको घरमा भित्रिएँ । दुःखै–दुःखको पहाडले किचिएर म सुखीपुर पुगेँ । जीवनको दुईवर्षका घाम–पानी त्यही घरको छानोले छेक्यो । अबको मेरो आयुभरिको घर यही हो भनेर खुब मायाले मुसारेँ । लिपपोत गरेँ । घरभित्र कयौं खुसी पनि पोखिए होला, आँसु पनि पोखिए होला । तर, खुसी र आँसुले मात्रै घर, घर बन्दो रहेनछ । सुखीपुरबाट पनि दुःखका थुप्रै चाङ बोकेर एकदिन म निस्किएँ । हिजोआज डेरामा बस्छु ।

घर भन्नु घामपानी ओत्ने छानो मात्रै होइन रहेछ। हिजोआज मन ढुङ्गाजस्तै गह्रौं हुन्छ। घर भन्नु त भावना रहेछ । यहाँ हरेक पटक ठोक्किने अपरिचितहरूले कयौं पटक मन पतझर बनाइदिएका छन्, मेरो घरको ठेगाना सोधेर । म आफैँ भने ठेगाना हराएकी यात्री भएकी छु । सुन्नेहरूलाई सामान्य लाग्दो हो । तर, आफैँलाई भने जति बुझाए पनि मन ऐ‌ंठन पर्ने रहेछ बेला-बेला ।

माइतीघर पनि आफ्नो घर हुँदा मात्रै हुँदो रहेछ। आफ्नो घर नै नभएपछि कसरी माइतीघर भन्नु ? मेरो घर यही हो भन्न पनि मन पटक्कै तयार हुँदैन । मेरा बुबाले केही लाख ऋण काढेर माइती बनाएका हुन्। मेरै घर बसाउन बाले काढेको ऋणका आसामीले बाको दैलो धाउन नछोड्दै भत्किएको मेरो लोग्नेको घरलाई आफ्नो भन्ने अधिकार एउटा कागजले छिनिसक्यो। त्यसपछि पुनः अर्को घर जोड्ने हिम्मत ममा आएन।

हरेक पर्वमा सबै आफ्ना घर जान्छन् । म फेरि अमिलिन्छु । कुन गाउँको टिकट काँटेर, कुन दिशाको गाडी समातौं। समयसँग विद्रोह गर्न नसकेकी आमालाई बारम्बार सम्झन्छु । आज समय फेरिएको छ। म हरहिसाबले विद्रोह गर्न सक्छु, मेरो अधिकारका लागि मेरो मनका लागि । तर, समय फेरिएर मात्रै पनि त नहुने रहेछ ।