२०८३ अशोज ७, बुधबार

नेकपा नेतृत्वमाथि प्रश्न : राजनीतिबाट सन्यास लिने कि सुध्रिने ?

नेपालको राजनीतिमा पहिलोपटक कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो शक्तिको रुपमा अगाडि आयो । मुलुकको विशाल शक्ति मात्र हैन, राज्य सत्ताको बागडोरसमेत सम्हालिरहेको कम्युनिष्ट पार्टी र यसका नेता-कार्यकर्ताहरूको संघर्ष, त्याग तथा बलिदानीकै कारण मुलुक कम्युनिष्टमय बनेको कतै छिपेको छैन । कम्युनिष्ट आन्दोलन तथा पार्टी आजको ठाउँसम्म आइपुग्न नेता-कार्यकर्ताहरूले विगतमा देखाएको संघर्षप्रतिको इमान्दारिता, अनुशासन तथा सङ्गठन परिचालनकै महत्वपूर्ण भूमिका छ ।

जसरी नेपाल कम्युनिष्ट पार्टीको इतिहास संघर्षशील, गौरवमय र इमान्दारितापूर्ण छ, त्यसैगरी वर्तमान पनि गौरवशाली र भविश्यको पुस्ताका लागि भरोसायोग्य बनाउनुपर्ने चुनौती आजको नेकपा नेतृत्वको काँधमा छ ।

सपनाजस्तो लाग्ने उपमेयरको ‘जनवादी’ बिहे

९ असार, काठमाडौं । अन्तरजातीय प्रेमको वियोगान्त परिणामबारे रिपोर्टिङका लागि हामी जाजरकोट-रुकुम (पश्चिम) पुगेका थियौं । जाजरकोटका नवराज बिक र रुकुम (पश्चिम) की मल्ल थरकी किशोरीबीचको प्रेमले त्यहाँ नरसंहारको रुप लिएको थियो।

वियोगान्त प्रेमको रिपोर्टिङ गर्न गएका बेला हामीले रुकुममा एउटा संयोगान्त अन्तरजातीय प्रेमकथा पनि फेला पार्यौं, जुन कथाकी एक पात्र हुन्– प्रेमकुमारी सुनार ।

दशवर्षे सशस्त्र युद्धमा सैन्य पोसाकमाथि बन्दुक भिर्ने प्रेमकुमारी अहिले मुसिकोट नगरपालिका रुकुम (पश्चिम) को उपमेयरको कुर्सीमा छिन् ।

भनिन्छ, रुकुम माओवादी जनयुद्धको उद्गम स्थल हो । जातीय र वर्गीय विभेदविरुद्ध छेडिएको क्रान्तिको आधार इलाका हो । तर जातीय विभेदकै कारण भएको सामूहिक हत्याले क्रान्तिको राँको बाल्ने रुकुममाथि प्रश्न सोझिएको छ, के नवराज बिकलगायतको शवसँगै क्रान्ति पनि भेरी नदीमा बगेको हो ?’

हामी हिजोको क्रान्तिको आधार इलाका जाजरकोट पुग्दा मृतककी आमाहरू आँसु पुछ्दै विभेदको अन्त्य र न्यायका लागि आन्दोलनको मोर्चामा थिए । रुकुमचाहिँ सुनसाथ, चकमन्न थियो ।

त्यही रुकुम (पश्चिम) को सदरमुकाम खलंगा बजारमा भेटिइन् – प्रेमकुमारी ।

हिजोका कुरा

वर्गीय एवं जातीय विभेद, असमानता र अत्याचारको चंगुलबाट देशलाई मुक्त गर्न भन्दै १७ वर्षको उमेरमै रुकुम(पूर्व)बाट प्रेमकुमारी तत्कालीन माओवादीको छापामार बनिन् ।

सन्दर्भ एमसीसी : वैदेशिक सहायताभित्र लुकेको तीतो यथार्थ

नेपालको विकास प्रयासमा विदेशी सहायता परिचालनको इतिहास झन्डै सात दशक पुरानो छ। वि. सं. २००७ को परिवर्तनपश्चात संवत् २००९ मा नेपालले विभिन्न राष्ट्र सम्मिलित कोलम्वो प्लानको सदस्यता प्राप्त गर्‍यो । सोअन्तर्गत नेपालका कैयौं विद्यार्थीले विभिन्न प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने मौका प्राप्त गरे। यही कोलम्वो प्लानको नाउँबाटै पछिसम्म पनि जुनसुकै छात्रवृत्तिमा विदेश पढ्न जानेजतिलाई प्लान जाने वा प्लान गएको भन्न थालियो ।

त्यसैगरी अमेरिकी सरकारको सहयोगमा त्रिभुवन ग्राम विकास कार्यक्रम सन् १९५३ देखि र राप्ती दून विकास परियोजना सन् १९५४ देखि सञ्चालनमा ल्याइएका थिए।

नागरिकता विधेयकको विरोधमा वीरगञ्ज र पोखरियामा प्रदर्शन

९ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विधेयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज र पोखरियामा प्रदर्शन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानसहितको प्रावधान विधेयकमा छ ।

यसले सदियौंदेखि सीमा क्षेत्रमा विद्यमान सामाजिक सांस्कृतिक सम्बन्धमा समस्या ल्याउने उनीहरुको ठहर छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुले गरेका छन् ।

वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शनमा सहभागीले नागरिकता ऐन संसोधन विद्येयक खारेज गर, नागरिकताबाट वञ्चित गर्न पाईदैन, हाम्रो आन्दोलन जारी छ, रोटी बेटीको सम्बन्ध विगार्न पाईंदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए । कोरोना महामारी नियन्त्रण गर्नुको साटो सरकारले नागरिकको ध्यान अर्कोतिर मोडेको आरोप जनता समाजवादीका नेता तवरेज अहमदले बताए ।

त्यसैगरी पोखरियामा पनि नागरिकता ऐन संसोधन विद्येयकको विरोधम प्रदर्शन भएको छ ।
महिला माथिको विभेद अन्त्य गर, मधेसीमाथि अत्याचार बन्द गर लगायतका नारा लेखेको प्ले कार्ड बोकेर प्रदर्शन गरेको जसपाका स्थानीय नेता शिवकुमार साहले बताए ।

नागरिकता विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान, प्रदेश सभा सदस्यहरु सन्तोष पाण्डे, कल्पना पाण्डे लम्साल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो ।

जसपाका नेता तथा कार्यकर्ताहरुले रुपन्देहीको गैडहवामा पनि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेका थिए ।

‘सक्किगोनी’ विरुद्ध प्रहरीमा कपिराइटको उजुरी

हरेक साता बिहीबार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । यस विषयमा छलफल गर्न अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ प्रहरी परिसर टेकु पुगेका छन् । मिडिया हबले भद्रगोलको क्यारेक्टर नक्कल गरेको भनेर कपिराइटको उजुरी हालेको हो । यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो ।

दुई दिनमा १३ लाख राजस्व संकलन

१० असार, काठमाडौं । सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । ‘लौ ब्लु बुक….. ’ भन्दै केही व्यापारीहरु ग्राहक बोलाइरहेका छन् । कोही पानीका बोतल (मिनरल वाटर) बेच्न डुलाइरहेका छन् । नजिकै सोडा, पानीपुरी चटपटे बिक्री भइरहेको छ ।

यो दृश्य ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय अगाडिको हो । बाहिरै यस्तो चहल–पहल ! भित्र कस्तो होला ? मंगलबार दिउँसो हामी यातायात कार्यालयभित्र प्रवेश छिर्यौं ।

बलिउड चलचित्र ‘आरआरआर’मा आलिया फाइनल

‘बाहुबली’ निर्देशक एसएस राजमौली अहिले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को तयारीमा जुटिरहेका छन् । राजमौलीले हालै मात्र चलचित्रका लागि कलाकार छनोटको काम सकाएका छन् । ‘आरआरआर’को लागि राम चरण र जुनियर एनटिआर सुरुवातमा नै पक्का थिए ।आलियाले यो चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्नेछिन् । आलिया राम चरणको जोडी भएर प्रस्तुत हुनेछिन् । चलचित्रको विषयबस्तु र राम्रो निर्देशक पाएकाले यो चलचित्रमा काम गर्न लागेको आलियाले बताएकी छिन् ।

बलिउडकी स्टार नायिका आलिया चलचित्रमा समावेश भएसँगै बलिउडमा अर्का स्टार पनि चलचित्रमा जोडिएका छन् । बलिउडमा राम्रो छाप बनाएका अजय देवगणलाई पनि दर्शकले आरआरआरमा देख्न पाउनेछन् । तर, अजय भने चलचित्रको मुख्य भूमिकाका लागि छनोट भएका हैनन् । अजयले यो चलचित्रमा केमियो भूमिका निर्वाह गर्नेछन् । निर्माण युनिटका अनुसार उनको रोल सानो भएपनि महत्वपूर्ण छ ।

३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य राखेको छ ।

शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बहुविवाह मुद्दा दायर

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा विरुद्ध जनही पाँच वर्ष कैद र पचास हजार जरिवाना माग गरिएको छ । उनीहरु विरुद्ध गत कात्तिकमै मुद्दा दायर भए पनि मुद्दा दर्ता भएको रहस्य मंगलबारमात्र खुलेको हो । यसरी मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दा खारेज हुनुपर्ने बहस सरकारी वकिलको कार्यालयले गरेपछि मंगलबार सर्वोच्चमा रहेको मुद्दा खारेज भएको थियो। जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो।

यस वर्षको पपुलर अवार्ड अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई

जापानमा आयोजित ‘सूर्य इन्टरनेसनल अवार्ड– २०१९’ मा अनमोल केसीले चलचित्र क्याप्टेनबाट र कायराबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले यस वर्षको पपुलर अवार्ड जितेका छन् । यस्तै सहअभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट वर्षा राउतलाई प्रदान गरिएको छ । जापानको टोकियोस्थित नाकानो जिरो हलमा आइतबार राति आयोजित समारोहमा यो अवार्ड प्रदान गरिएको हो। सबै अवार्ड लोकप्रियताको हिसाबले प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्जा ३ ले जित्दा उत्कृष्ट निर्देशकको अवार्ड छक्का पञ्जा ३ बाटै दीपा श्री निरौलालाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘सूर्य रत्न सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रमका आयोजक वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रको बजार विस्तार गर्ने उद्देश्यले जापानमा अवार्ड समारोह आयोजना गरिएको हो।