२०८३ अशोज ५, सोमवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली नियुक्त

जेठ २९/पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

अब उनले तीस दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ।

अब स्वास्थ्यकर्मीलाई आक्रमण गरे पाँच वर्ष जेल

जेठ २३/ काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्य सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले पठाएको अध्यादेशको मस्यौदामा मन्त्रिपरिषद्मा पास हुनु अघि केही संसोधन गरेको पाइएको छ । नेकपा एमालेको स्वास्थ्य विभागले दिएको सुझाव समेत समेटिएको डा कृष्ण अधिकारीले बताए ।

नेपाली कांग्रेस अर्जुनचौपारी वडा नम्बर ४ द्वारा १५० घरधुरीलाई खाद्यसामग्री वितरण

जेठ २३/ स्याङ्जा: नेपाली काङ्ग्रेस अर्जुनचौपाारी वडा नम्बर ४ इकाईद्वारा १५० घरधुरीलाई खाद्यसामग्री वितरण गरेको छ।

नेपाली काङ्ग्रेस वडा नम्बर ४ का क्रियाशील सदस्यहरु तथा जिल्ला केन्द्र अनि प्रदेशमा रहेका नेपाली काङ्ग्रेसका नेताहरुको आर्थिक सहयोगमा बाँडिएको हो। नेपाली कांग्रेसका वडा नम्बर ४ का अध्यक्ष बेल प्रसाद गुरुङको अध्यक्ष्यतामा सम्पन्न उक्त राहत वितरण कार्यक्रममा स्वागत मन्तव्य नेपाल महिला संघ अर्जुनचौपारीका सभापति सपना गुरुङले दिएकी थिइन्।

कोभिडका कारण ‌हातमुख जोर्न धौधौ परेका परिवारहरुको पहिचान गरी थोरै भएपनि दु:खमा सान्त्वना स्वरुप राहत प्रदान गरिएको र आउँदा दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहने जानकारी नेपाली काङ्ग्रेस ४ न.वडा प्रचार प्रसार प्रमुख दिपक सुनारले दिए।

सामाजिक भौतिक दुरी सहित गरिएको उक्त कार्यक्रम सञ्चालन भने कुमार सुनारले गरेका थिए।

वातावरण दिवसको उपलक्ष्यमा स्याङ्जामा अन्तरकृया कार्यक्रम सम्पन्न

जेठ २२/स्याङ्जा : आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। यो दिवसको अवसरमा आज सरोकारवालाबीच छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

वातावरणविद डोलराज पौडेलको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब २५ जना बढी विभिन्न पेशा र सेवामा आवद्ध व्यक्तिहरुको सहभागिता थियो। अनलाइन जुममार्फत सन्चालन भएको उक्त कार्यक्रम मीन प्रसाद तिवारी “किशोर” तथा जीवन अर्यालको अगुवाईमा सम्पन्न भएको हो।

भीरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष दिपेन्द्र केसी, वडा नम्बर ५ का वडाध्यक्ष याम प्रसाद अधिकारी, नेकपा एमाले भीरकोट अध्यक्ष विश्वनाथ अर्याल, अग्रज कृषक तथा समाजसेवी फणिनारायण अर्याल, समाजसेवी शोभित खड्का, शैक्षिक व्यक्तित्व बोधराज गौतम, डिल्लिराम अर्याल, डोलराज अर्याल, युक्तनारायण अर्याल, अमृत अर्याल, निजामती कर्मचारी देवेन्द्र पौडेल, रमेश ढकाल, पत्रकार सागर न्यौपाने, सकृय युवा सागर थापा लगायत थुप्रै व्याक्तिले वातावरण संरक्षण तथा सन्तुलनको विषयमा चर्चा गरेका थिए।

उक्त कार्यक्रमका अभियन्ता मध्ये एक किशोर तिवारीले अब स्याङ्जा जिल्लाका सबै पालिका समेटिने गरी वातावरण संरक्षण सन्जाल गठन गर्ने र पर्यावरण सन्तुलनमा ठोस योगदान दिने प्रण गरेका छन् ।

केही दिनमै तदर्थ समिति गठन गरी वातावरण संरक्षणका कार्यक्रम बनाउने, सचेतना फैलाउने, बिरुवा रोप्न उत्साहित गर्ने तथा फोहरमैला व्यवस्थापनमा विभिन्न पालिकाहरुसँग समन्वय गर्ने अर्का अभियन्ता जीवन अर्यालको भनाई छ।

पर्यावरण आफैमा वृहत र गहन विषय भएकाले यसको संरक्षणमा सबैलाई एकजुट हुन उनीहरुले आह्लान गरेका छन्।

कोरोना संक्रमितलाई औषधि, स्वास्थ्य सामग्री तथा राहत वितरण कार्य सम्पन्न

जेठ २१/स्याङ्जा: नेकपा एमाले भीरकोटले “जनतासँग एमाले” कार्यक्रम अन्तर्गत चुल्हो बल्नै समस्या भएका भीरकोट नगरपालिकाका गरिबहरुको घरमै गई राहत वितरण कार्य संचालन गरेको छ।

कोभिड १९ को महामारीका कारण जारी गरिएको निषेधाज्ञाले पूरा देश ठप्प प्राय: छ। काम धन्दाहरु बन्द छन्। मानिसहरु घरभित्र थुनिएका छन्। यस अवस्थामा पनि केही मनकारी युवा भने समाजसेवामा जुटेका छन्।

कोरोना भाइरसबाट सुरक्षित हुन मास्क तथा सेनिटाइजर वितरण गर्ने, लकडाउनका कारण चुल्हो बल्न नसक्ने घर परिवारको पहिचान गरी राहत वितरण गर्ने, कोभिडका विरामीलाई घरमै पुगी औषधि वितरण गर्ने कार्य गरिरहेको जानकारी नेकघा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्यालले दिए।

आउँदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने उनको भनाई छ। आज पनि भीरकोट नगरपालिकाका कोरोना संक्रमितको घरमै गई औषधि, मास्क तथा सेनिटाइजर वितरण गरिएको उनले जनाए।

आजको कार्यक्रममा नेकपा एमाले नगरकमिटी अध्यक्ष विश्वनाथ अर्यालको नेतृत्त्व र नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको सहयोगमा नगरकमिटी सचिव गोकुल अधिकारी , नेकपा एमाले जिल्ला सदस्य तिलबहादुर गुरुङ ज्वाला, राष्ट्रिय युवा सँघ नगर अध्यक्ष मोहमद जुमाल अलि, नगरकमिटी सदस्य हनिफ मोहमद, भी न पा वडा नम्बर २ का वडा सचिव इन्र्द खाँड, केघा टोल समितिका अध्यक्ष , टोलका युवा नेता काजि गुरुङ लगायतका सहभागी भएका थिए।

आफ्नो ठाउँ आफै बनाउन जुटे स्याङ्जाका युवा, भन्छन्, सरकारको मात्र मुख ताक्नु पर्दैन

जेठ १८/ स्याङ्जा: स्याङ्जा जिल्लामा युवाहरु आफ्नो ठाउँ आफै बनाउन जुटेका छन्।

कोरोना भाइरसको महामारीले देशभर लकडाउन तथा निषेधाज्ञा जारी भएका कारण अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु ठप्प छन्। मानिसहरु घरभित्रै बसिरहनुपर्ने अवस्था सृजना भएको छ।

तर, स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाका सक्रिय युवाहरु भने जनश्रमदानबाट बाटो निर्माणमा जुटेका छन्। राज्यको‌ मात्रै मुख नताकी आफ्नो गाउँ आफै बनाऔँ भन्ने अभियानका साथ बाटो निर्माणमा जुटेको जानकारी युवा कृषक पिताम्बर अर्यालले बताए।

अर्जुन चौपारी गाउँपालिका वडा नं १ थापाथोकका युवाहरु लकडाउनको फुर्सदिलो समयलाई उपयोग गर्दै सुरक्षा सावधानी सहित बाटो निर्माणमा लागेका हुन्।

थापाथोकसम्म पुग्ने ग्रामीण उक्त सडकमा नाला काट्ने, सडक सम्माउने तथा पक्की नाला निर्माण गर्ने कार्य स्थानीय जनश्रमदानबाट भइरहेको छ।

उक्त स्थानका युवाहरुबाट आफ्नो गाउँ ठाउँको विकास आफै गर्न सकिन्छ र, सरकारको मात्रै मुख ताक्नुपर्दैन भन्ने पाठ सिक्न सकिन्छ।